neapl investment mega bank
  • गृहपृष्ठ
  • सरकारद्धारा २६ सहसचिवको सरुवा, हेर्नुस् को कहाँ पुगे ?

सरकारद्धारा २६ सहसचिवको सरुवा, हेर्नुस् को कहाँ पुगे ?

Jul 23rd, 2020

आधारभूमि संवाददाता

काठमाडौं ,८ साउन

सरकरले २६ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६ सहसचिव सरुवा गरेको हो भने बढुवा भएका १० जनाको पदस्थापन गरेको हो ।

मन्त्रालयले गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, गण्डकी प्रदेश पोखरामा सरुवा गरेको छ ।

त्यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्रालय बाग्मती प्रदेश हेटौैंडाका सहसचिव विनोदप्रकाश सिंहलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ ।

साथै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवहरू रामबन्धु सुवेदीलाई भरतपुर महानगरपालिका, चितवन पठाइएको छ ।

साथै, नवराज घिमिरेलाई हेटौंडा उपमहानगर, मकवानपुर, रमेश ढकाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, आनन्द काफ्लेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, विपिन आर्चायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा इन्द्रदेव यादवलाई र हेमराज तामाङलाई गृह मन्त्रालय ल्याइएको छ ।

त्यस्तै , अनिता निरौलालाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा, स्किम श्रेष्ठलाई सत्यनिरूपण तथा मेलमिलाप आयोग र रामकुमार महतोलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी, आर्थिक मामिला तथा योजना मन्त्रालय, बाग्मती प्रदेश हेटौंडाका सहसचिव मुकुन्दप्रसाद पौड्याललाई राष्ट्रिय सूचना आयोग, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, बाग्मती प्रदेश, हेटौंडामा पठाइएको छ ।

त्यस्तै गृह मन्त्रालयका सहसचिव मदन भुजेललाई आर्थिक मामिला तथा योजना मन्त्रालय, बाग्मती प्रदेश हेटौंडामा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लोकनाथ पौड्याललाई सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशमा पुर्इएको छ ।

साथै राष्ट्रिय सूचना आयोग काठमाडौंका बिनु बज्राचार्य कुँवरलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उमेश बस्नेतलाई गृह मन्त्रालय सरुवा गरिएको छ ।

त्यस्तै भरतपुर महानगरपालिका, चितवनका सहसचिव प्रेमराज जोशीलाई रक्षा मन्त्रालय ल्याइएको छ भने हेटौंडा उपमहानगरका सहसविचव राजेश पौडेललाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पठाइएको छ ,

जितपुर सिमरा उपमहानगर, बाराका प्रदीपराज अधिकारीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्राल, गृह मन्त्रालयका ज्ञानेन्द्र पौडेललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।

गृह मन्त्रालयका सहसचिव ध्रुवकुमार पोखरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालमा, गृह मन्त्रालयका बद्रीनाथ अधिकारीलाई राष्ट्रपति कार्यालय र गृह मन्त्रालयका सहसचिव जगनाथ पन्तलाई धनगढी उपमहानगरा, कैलालीमा सरुवा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi