neapl investment mega bank

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Jul 23rd, 2020

रुपन्देही, साउन ८

सैनामैना नगरपालिका १ रानिकुवा बस्ने ५० वर्षीय यम बहादुर भण्डारीलाई १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भण्डारीले ती किशोरीलाई गत असार २४ गते दिउँसो सोही ठाउँस्थित जंगलमा च्याउ खोज्न जाने क्रममा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi