neapl investment mega bank

चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

Jul 23rd, 2020

भक्तपुर, साउन ८

चोरी मुद्दामा फरार अभियुक्त भक्तपुर नगरपालिका २ बस्ने काभ्रेपलाञ्चोकसाविक नाग्रेगगर्चे गाविस ९ रुपकोट घर भएका राम बहादुर भन्ने कृष्ण बहादुर प्रधानलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत भक्तपुरको २०७४ चैत १५ गतेको फैसलाले चोरी मुद्दामा ६ वर्ष ९ महिना २५ दिन कैद र ७४ हजार १ सय ९७ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत भक्तपुरमा पेश गरिएकोमा अदालतको आदेशले फैसला कार्यान्वयनको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको उक्त परिसरले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi