neapl investment mega bank
  • गृहपृष्ठ
  • आफ्नै श्रीमतीलाई मट्टीतेल छर्की आगो लगाएको अभियोगमा पक्राउ

आफ्नै श्रीमतीलाई मट्टीतेल छर्की आगो लगाएको अभियोगमा पक्राउ

Jul 23rd, 2020

सप्तरी, ८ साउन

आफ्नै २७ वर्षीया श्रीमतीलाई मट्टितेल छर्की आगो लगाएको अभियोगमा सुरुङ्गा नगरपालिका-३ दौलतपुर बस्ने २९ वर्षीय दिपेन सदालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सदाले आफ्नै श्रीमतीलाई आगो लगाई घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लक्ष्मीपुर र ईलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेलाई सप्तऋषि अस्पताल लाहान हुँदै थप उपचारको धरान घोपातर्फ लगिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi