काठमाडौ, साउन ८
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रवाह गर्ने सम्पूर्ण कर्जाको ब्याजदर २०७७ श्रावण ७ गतेबाट एकल अंकमा हुने गरी तोकेको छ । बैंकले यही बुधबारदेखि लागु हुने गरी नयाँ तथा पुराना ग्राहकहरुको लागि कर्जाको ब्याजदर अधिकतम नौ दसमलव ३२ प्रतिशत मात्रै हुने गरी तोकेको छ ।
हाल बैंकको आधारदर छ दसमलव सात प्रतिशत रहेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा दुुई सय ४० वटा शाखा कार्यालय, दुुई सय पाँच वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।