आधारभूमि संवाददाता
काठमाडौं, साउन ८
सुनचाँदीको मूल्य आज फेरि ५०० ले बढेको छ । नेपाल सुनचाँदी महासंघले सुनको मूल्य हालसम्मकै उच्च रहेको जानकारी दिएको छ । बुधवार छापावाल सुन प्रतितोला रु १३०० रुपैयाँले बढेर ९४ हजार मा कारोवार भएको थियो ।
महासंघका अनुसार आज एकैदिनमा छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर ९४ हजार ५०० पुगेको छ । आज तेजावि सुनको मूल्य प्रतितोला ९४ हजार ६५ निर्धारण भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रु ९३ हजार ५६० मा कारोवार भएको थियो ।
सुनको मूल्य बढेसँगै आज चाँदीको मूल्य पनि ९० रुपैयाँले वृद्धि भएको छ । चाँदी प्रतितोला ११ सय ४५ पुगेको महासंघले जनाएको छ । बुधवार चाँदी तोलामा रु १५ ले बढेर ११ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।