neapl investment mega bank
  • गृहपृष्ठ
  • मादक पदार्थ सेवन गरी लापरवाही तवरले सवारी चलाएको अभियोगमा पक्राउ

मादक पदार्थ सेवन गरी लापरवाही तवरले सवारी चलाएको अभियोगमा पक्राउ

Jul 22nd, 2020

काठमाडौं, साउन ७

मादक पदार्थ सेवन गरी लापरवाही तवरले सवारी चलाएको अभियोगमा बा.१७ च ३३४३ नम्बरको गाडी चालक सिन्धुपाल्चोक त्रिपुरा गाउँपालिका ५ घर भई काठमाडौं कालिमाटी बस्ने २८ वर्षीय तिर्थ बहादुर कुसुलेलाई चन्द्रागिरी नगरपालिका १२ बलम्बुबाट सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका चालक कुसुलेले श्रीर्जनचोकबाट गुर्जुधारातर्फ जाँदै गरेको उक्त गाडीले चन्द्रागिरि नगरपालिका १२ बलम्बुस्थित सडकमा पार्किङ गरी राखेको बा.४१ प ७०७८ र प्रदेश ३-०२-०११ प ४६९३ नम्बरको दुई वटा मोटरसाईकललाई ठक्कर दिई दुर्घटना गराएपछि महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा अनुसन्धान भइरहेको उक्त प्रभागले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi