neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु ,मृतकको संख्या ४२ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु ,मृतकको संख्या ४२ पुग्यो

Jul 22nd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ७ साउन

नेपालमा कोरोना सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले धनुषाका ६० वर्षका पुरुष र एक चिनियाँ महिलाको मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका का ६० वर्षीय पुरुष रहेका छन् ।उनी साउन २ गते बेलुका खोकी ,ज्वरो तथा स्वासप्रस्वासमा समस्या भई वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए।

उनको स्वास्थ्य अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा हिजो मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले जानकारी दिए। उनको स्वाब संकलन भई परिक्षण गर्दा कोभीड १९ संक्रमण पुष्ठि भएको थियो ।

यस्तै काठमाडौंको शिक्षण अस्पतालमा ४९ वर्षीया चिनियाँ महिलाको कोरोनाका कारण मृत्यु भएको हो । पोखरामा कार्यरत उनी  स्वास्थ्यमा समस्या देखिएपछि उनलाई पोखराको मणिपाल अस्पतालमा भर्ना गरिएको थियो । उनलाइ थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको ग्राण्डी अस्पताल ल्याइएको थियो । उनलाइ थप उपचारका लागि त्रिवि  शिक्षण अस्पतालमा लगिएको थियो र उनको उपचारका क्रममा बुधबार निधन भएको हो । उनको स्वाब संकलन भई परिक्षण गर्दा कोभीड १९ संक्रमण पुष्ठि भएको थियो । उनी  मुटुको बिरामी थिइन्।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi