neapl investment mega bank
  • गृहपृष्ठ
  • अपहरणमा परेको भनेर प्रहरीमा उजुरी गरिएका व्यक्ति होटलमा युवतीसँग भेटिए

अपहरणमा परेको भनेर प्रहरीमा उजुरी गरिएका व्यक्ति होटलमा युवतीसँग भेटिए

Jul 22nd, 2020

काठमाडौ, साउन ७

अपहरणको नाटक गर्ने व्यक्ति पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखाले अपहरणको नाटक गर्ने काठमाडौं–४, चुनदेवीका ३० वर्षीय शक्तिराज रेग्मीलाई होटलबाट पक्राउ गरेको हो ।

अपहरणमा परेको भनेर प्रहरीमा उजुरी गरिएका व्यक्ति होटलमा युवतीसँग भेटिएपछि प्रहरी समेत अचम्ममा परेको छ । महाशाखाका अनुसार गएराति उनी बसपार्कस्थित सुगन्ध होटलमा भेटिएका हुन् । उनी पक्राउ परेपछि अपहरणको नाटक गरेको खुलेको छ । विभिन्न व्यक्तिसँग जग्गा व्यवसाय गर्छु भनेर ऋण लिएको रकम फिर्ता दिनु नपरोस् भनेर रेग्मीले अपहरणको नाटक गरेको प्रहरीको भनाई छ ।

गलत सूचनाले प्रहरीलाई हैरानी र राज्यको स्रोत साधनको दुरुपयोग भएको भन्दै उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi