neapl investment mega bank
  • गृहपृष्ठ
  • अलास्कामा ७.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

अलास्कामा ७.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

Jul 22nd, 2020

वासिङ्टन, ७ साउन /सिन्ह्वा

संयुक्तराज्य अमेरिकाको अलास्कालाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्भेका अनुसार उक्त भूकम्प अलास्काको दक्षिणी भेगमा स्थानीय समय अनुसार अपराह्न २:१२ बजे आएको थियो । भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा आएको थियो ।

उक्त भूकम्पका कारण कुनै जनधनको क्षति भएको बारेमा विवरण प्राप्त भइसकेको छैन ।

भूगर्भ केन्द्रले भूकम्पको गएको क्षेत्रको आसपास सुनामीको खतरा रहेको जनाएको छ । भूकम्पको धक्का सयौं माइल टाढासम्म अनुभव गरिएको थियो ।

अलास्का भूकम्पीय जोखिमयुक्त क्षेत्र हो ।