neapl investment mega bank
  • गृहपृष्ठ
  • साउन १५ देखि होटल, रेस्टुरेन्ट खोल्न पाइने

साउन १५ देखि होटल, रेस्टुरेन्ट खोल्न पाइने

Jul 21st, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ६ साउन

सरकारले साउन १५ देखि होटल, रेस्टुरेन्ट सञ्चालन गर्न दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले साउन १५ देखि होटल, रेस्टुरेन्ट सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिए।

होटल तथा रेष्टुराँमा सभा सम्मेलन ,सामूहिक भोज, पार्टी भने गर्न पाइने छैन।