neapl investment mega bank
  • गृहपृष्ठ
  • बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

Jul 21st, 2020

भक्तपुर, ६ साउन

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त भक्तपुर नगरपालिका(५ घर भई हाल सूर्यबिनायक नगरपालिका- ५ सल्लाघारी बस्ने ५८ वर्षीय मधुराम प्रधानाङ्गलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत भक्तपुरको २०७६ माघ २७ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ५ दिन कैद र ६ लाख ९६ हजार १ सय रुपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रधानाङ्गलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरेकोमा केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको उक्त परिसरले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi