neapl investment mega bank

बाढी, पहिरोबाट सडक अवरोध

Jul 20th, 2020

काठमाडौं, ५ साउन

दार्चुला, महाकाली नगरपालिका-५ स्थित दार्चुला गोकुलेश्वर सडकखण्डमा आइतबार साँझ अविरल वर्षाका कारण पहिरो गई सडक पूर्णरुपमा अवरुद्ध भएको छ । जिल्ला प्रही कार्यालयबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

धादिङ, गजुरी गाउँपालिका-२ फुर्केखोलास्थित पृथ्वी राजमार्गमा वर्षाको कारण पहिरो खसेर सोमबार बिहानदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको छ । ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

यसैगरी धादिङ, बेनिघाट रोराङ गाउँपालिका-१० बाँदरेभिरस्थित पृथ्वी राजमार्गमा वर्षाको कारण पहिरो खसेर सोमबार बिहानदेखि सडक अवरोध भएको छ । प्रहरी चौकी जोगीमाराबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

पाल्पा, पूर्वखोला गाउँपालिका-१ सिलुवा र निस्दी गाउँपालिका-५ बेलडाँडास्थित तानसेन(रामपुर सडकखण्डमा अविरल वर्षाको कारण पहिरो खसेर सोमबार बिहानदेखि सडक अवरोध भएको छ । ईलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी जब्गादीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

मनाङ, नासोँ गाउँपालिका-१ म्यार्दी भिरस्थित बेसीशहर-चामे सडकखण्डमा ढुङ्गा झरेर सोमबार बिहानदेखि सडक अवरोध भएको छ । प्रहरी चौकी तालबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

गोरखा, गोरखा नगरपालिका-२ कटुसघारीस्थित गोरखा आरुघाट सडकखण्डमा अविरल परेको वर्षाको कारण पहिरो झरेर सोमबार बिहानदेखि सडक पूर्णरुपमा अवरोध भएको छ । प्रहरी चौकी कोखेआहालेबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

यसैगरी गोरखा, गोरखा नगरपालिका-१२ सातकिलो भन्ने स्थानमा अविरल वर्षाको कारण पहिरो आई अमरसिंह राजमार्ग सोमबार दिउँसोदेखि पूर्णरुपमा अवरोध भएको छ । प्रहरी चौकी बाह्रबिसेबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

सोलुखुम्बु, दुधकुण्ड नगरपालिका-११ साल्मेस्थित सोलु-ओखलढुङगा सडकखण्डमा पहिरो खसेर सोमबार बिहानदेखि सडक अवरोध भएको छ । अस्थाई प्रहरी पोष्ट दोर्पुबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

पाँचथर, फाल्गुनन्द गाउँपालिका-३ स्थित पाङग्रेभीरमा अविरल वर्षाको कारण पहिरो झरेर मेची राजमार्गको सडक सोमबार दिउँसोदेखि अवरोध भएको छ । प्रहरी चौकी पौवासार्तापबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi