neapl investment mega bank
  • गृहपृष्ठ
  • सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाबाट गुल्मपति तथा स्टाफ तालिम उद्घाटन

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाबाट गुल्मपति तथा स्टाफ तालिम उद्घाटन

Jul 20th, 2020

काठमाडौं, साउन ५

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सि.सं. २३ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिम संचालन भएको छ । उक्त प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले सोही प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच साउन ५ गते उक्त तालिमको उद्घाटन गरेका हुुन ।

सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले फौजी संगठनमा यस्ता तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै प्रशिक्षार्थी अधिकृतहरुले तालिमबाट बढि भन्दा बढि ज्ञान आर्जन गर्न स्वस्फुर्त रुपमा कृयाशिलत रहनु पर्ने उल्लेख गरे ।

उनले अधिकृतहरुको वृत्तिविकासमा समेत महत्वपूर्ण भूमिका रहने यस्ता पेशागत तालिमले व्यावसायीक क्षमतामा अभिबृद्धि हुनुकासाथै कार्यक्षेत्रमा खटिँदा आपूm मातहतका कर्मचारीहरुलाई कुशल नेतृत्व प्रदान गरी उत्कृष्ट कार्यसम्पादनमा सघाउ पुग्ने उल्लेख गरे । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले यस्ता फौजी तालिमले शारीरिक तथा मानसिक रुपमा सवल र सक्षम बनाई कार्यक्षेत्रमा खटिईदा भोलीका दिनहरुमा आउन सक्ने सुरक्षा चुनौतीहरु तथा जस्तो सुकै कठिन र असहज परिस्थितीको पनि सामना गर्न सक्ने कुशल कमाण्डर उत्पादनमा सघाउ पुग्ने बिश्वास व्यक्त गरे ।

उनले कमाण्डर तहका अधिकृतहरुले निरन्तर अध्ययन तथा विश्लेषण गरी आफ्नो व्यक्तित्व बिकासमा समेत क्रियाशिल रहनुपर्ने चर्चा गर्दे संगठनलाई प्राप्त जिम्मेवारीका क्षेत्रहरुमा कुशल ढंगले परिचालन भई राष्ट्र र संगठनले लिएको उद्देश्य परिपूर्तिका लागि पूर्ण व्यावसायिक भई कार्यक्षेत्रमा निरन्तर कृयाशिल रहनुपर्ने बताए ।

उक्त तालिममा स्टाफ ड्युटिज, कमाण्ड तथा व्यवस्थापन, ट्याक्टिस, इन्टेलिजेन्स, अपराध नियन्त्रण लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका विषयविज्ञहरुबाट प्रशिक्षण गरिने कुरा समेत त्यसअवसरमा जानकारी गराईएको थियो । करीब तीन महिना अवधिको गुल्मपति तथा स्टाफ तालिममा ३५ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi