ललितपुर, ५ साउन
केही दिन यता परिरहेको वर्षाको प्रभाव ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ७ , टिकाथलीमा पनि देखिएको छ । अविरल वर्षाका कारण गोदावरी खोलामा बाढी आएको छ । पोहोर सालको तुलनामा यस वर्ष बाढी बढी आएको स्थानियबासीले बताए । खोलामा आएको बाढीका कारण आवत जावतका लागि बनाइएको अस्थायी पुल डुबानमा परेको छ । पुल डुबानका कारण खोला तर्न निकै कठिन भएको स्थानियबासीले बताए । केही दिन लगातार पानी पर्ने हो भने उक्त क्षेत्र डुबानमा पर्ने सम्भावना रहेको छ । यसरी खोलामा पानीको बहाव बढेपछि स्थानियमा त्रास बढेको छ । स्थानिय सरकारको अज्ञानताको कारण वडा नं ७ र ५ मा दुईवटा पुल, वडा नं ८ र ६ जोड्ने पुलको निर्माण कार्य समयमै सम्पन्न नहुँदा स्थानियबासीले निकै समस्या भोग्नु परेको छ ।
हेर्नुस् तस्वीरहरु :