हेटौंडा ४ ,साउन
बागमति प्रदेश सभाको विशेष समयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी साँसद रिता माझीले विकासको नाममा विनास गराई आदिवासी जनजातिहरुको साँस्कृतिक धरोहरहरुलाई विस्तापित गरेर संस्कृति समाप्त गर्न खोजिएको वताउनु भएको छ । साँसद माझीले के बागमति प्रदेश सरकारले नसुने कै हो, विकासको नाममा विनास गर्दै जाने हो भने स्थिति भयावह आउन सक्ने वताउँदै यसलाई समयमै व्यवस्थापन गर्न समेत माग गरिन ।
त्यस्तै साँसद माझीले मेलम्ची खानेपानीमा मन्त्रीको स्वार्थ पुरा गर्न गरिएको परिक्षणले ल्याएको विकराल अवस्था, गुणस्तर र भ्रष्टाचार बारे प्रदेशमा समेत ससंदीय छानविन समिति गठन गर्न समेत सरकारको ध्यानाकर्षण गराईन । सभामा बोल्दै साँसद माझीले सत्य र तथ्यको आधारमा भ्रष्टाचार निवारण हुने सरकारले काम नगरेको वताउँदै जनताले तिरेको करले जनप्रतिनिधि र कर्मचारीले भ्रष्टाचार गरिरहेने र निमुखा जनताले कर तिरिरहने सुरुवात भएको छ यसको समयमै संघीय, प्रदेश र स्थानीय सरकारले ध्यान दिनहुन समेत माग गरिन ।
साँसद माझीले प्रदेशसभाबाट पारित बागमति प्रदेश सचिवालयका कर्मचारीहरुलाई दिने सेवा सुविधा किन दिन सकेन, कर्मचारीहरुको श्रम शोषण बन्द गरी पाउने सेवा सुविधा उपलब्ध गराउन समेत माग गर्दैे बाढि पहिरोबाट मृतकप्रति श्रद्धाञ्जली, घाईतेको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै विस्थापितहरुको व्यवस्थापनको माग गरिन ।
सभाको विशेष समयमा बोल्दै साँसद माझीले अहिलेको व्यवस्था असफल भईसकेको र व्यक्ति परिवर्तन होइन, दिल्लिमा गरिएको १२ बुँदे सम्झौता खारेज गरी व्यवस्था नै परिवर्तन गर्न समेत माग गरिन । त्यस्तै राप्रपाकै साँसद रिना गुरुङ्गले प्रधानमन्त्री केपी ओलीले चितवनको ठोरीमा भगवान रामको जन्म भएको भन्नु भएकोप्रति धन्यवाद दिँदै प्रदेश सरकारले समेत गहन छलफल गर्न माग गरिन् । साथै साँसद गुरुङ्गले बाल्मिकी आश्रमको संरक्षण र साविक ठोरी गाविस र निर्मल वस्तीका ४ हरुलाई चितवन अन्तर्गत बागमति प्रदेशमा समावेश गर्न समेत माग गरिन ।
सभाको विशेष समयमा राजेन्द्र पाण्डे, कृष्णलाल भडेल, राजकाजी महर्जन, रमेश पौडेल, इन्द्रमाया गुरुङ्ग, सुरेन्द्र राज गोसाई, शसिजंग थापा, गिता वाग्ले, जिवन खड्का, नरोत्तम वैद्य, ओम बहादुर तामाङ्ग, बिजया श्रेष्ठ केसी, शोभा शाक्य, केशव प्रसाद पोखरेल, नारायण बहादुर सिलवाल, न्युछे नारायण श्रेष्ठ, विशाल खड्का, कल्पना नेपाली, बिराजभक्त श्रेष्ठ, रामलाल महतो, बलराम पौडेल, कृष्ण प्रसाद भुर्तेल, सिता लामा, सृजना सैंजु, घनश्याम दाहाल, रजनी अमात्य जोन्छे, निना ज्ञवाली, भिमसेन खत्री, सरेस नेपाल, मिलनबाबु श्रेष्ठ, रमा आले, जगत बहादुर सिम्खडा, पार्वती सिलवाल लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।