neapl investment mega bank
  • गृहपृष्ठ
  • डलर साटीदिन्छु भन्दै नगद तथा सुन ठगी गरी फरार रहेको अभियोगमा दुई जना पक्राउ

डलर साटीदिन्छु भन्दै नगद तथा सुन ठगी गरी फरार रहेको अभियोगमा दुई जना पक्राउ

Jul 18th, 2020

काठमाडौं, ३ साउन

नगद तथा सुन ठगी गरेर फरार रहेको अभियोगमा २ जनालाई काठमाडौं टोखा नगरपालिका-८ बानियाँटारबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ घर बताउने २६ वर्षीय श्रीकृष्ण बस्नेत र सोही ठाउँ बस्ने २२ वर्षीया पिंकी तामाङ रहेका छन् ।

धादिङ गंगाजमुना गाउँपालिका-७ घर भएका २८ वर्षीय पुरूषसँग गत असार ९ गते काभ्रेपलाञ्चोक बनेपाबाट डलर साटीदिन्छु भन्दै नगद १८ लाख रुपैयाँ र साँढे ५ तोला सुन लिई ठगी गरी फरार रहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।उनीहरु दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोक पठाइएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi