neapl investment mega bank
  • गृहपृष्ठ
  • गाउँपालिकाका अध्यक्षमाथि आक्रमण गर्नेलाई कारवाहीको माग

गाउँपालिकाका अध्यक्षमाथि आक्रमण गर्नेलाई कारवाहीको माग

Jul 18th, 2020

काठमाडौँ, ३ साउन /रासस

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले मोरङ जिल्ला केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि कार्यकक्षमै आक्रमण गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।

महासङ्घका महासचिव वंशलाल तामाङले आज विज्ञप्ति जारी गरी शुक्रबार गाउँपालिकाको कार्यालयमा काम गरिरहेका बेला आएको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको उल्लेख गर्नुभएको छ । यस्तो घटनामा महासङ्घको ध्यानाकर्षण भएको बताउँदै उहाँले नागरिकको सेवामा लागेका जनप्रतिनिधिमाथि कार्यकक्षमै ज्यान मार्ने उद्देश्यले आक्रमण भएकाले दोषीमाथि कारवाही गर्न माग गर्नुभएको हो । घाइते कार्कीको विराटनगरस्थित एक अस्पतालमा उपचार भइरहेको छ । महासङ्घले उहाँको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi