neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु ,मृतकको संख्या ४० पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु ,मृतकको संख्या ४० पुग्यो

Jul 17th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २ साउन

नेपालमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सप्तरीका एक पुरुषको मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा सप्तरी जिल्लाको राजविराज नगरपालिका- १ का ७३ वर्षीय पुरुष रहेका छन् ।उनी मधुमेह तथा मुटुको दीर्घ रोगी थिए। उनको २ पटक मुटुमा स्ट्यान्ड समेत राखिएको थियो

उनी असार ३१ गते बेलुका खोकी ,ज्वरो तथा स्वासप्रस्वासमा समस्या भई वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका थिए।

उनको स्वास्थ्य अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा हिजो बेलुका १० बजेतिर मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले जानकारी दिए। उनको स्वाब संकलन भई परिक्षण गर्दा कोभीड १९ संक्रमण पुष्ठि भएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० पुगेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi