काठमाडौ, साउन १
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले पारेको प्रभावलाई मध्यनजर गर्दै घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेड केन्द्रीय कार्यालय बनेपा, काभ्रेका घरधनी श्रीजल भैलले घरभाडामा सहुलियत दिएका छन । नेपाल सरकारले घरबहालमा छुट दिन आग्रह गरिरहेको बेला कतिपय घरधनीहरुले घरबहालमा छुट नदिइरहेको बेलामा विशाल मन भएका मनकारी घरधनी १ महिनाको घरभाडामा सहुलियत दिएर आफ्नो उदार भावना प्रकट गरेकाछन ।
बन्दाबन्दीका कारण देशको समग्र अर्थतन्त्र ओरालो लागेको परिस्थिती छ, व्यवसाय पूर्ण रुपले संचालन नभएको वर्तमान परिप्रेक्ष्यमा सरकारले समेत १ महिनाको घरभाडा नलिन गरेको आह्वानलाई स्वीकार्दै आफुले पनि मानवताको भुमिका निर्वाह गरेको श्रीजल भैलले बताए । यसर्थ तिन महिना देखि ठप्प रहेको व्यापार व्यवसायलाई सहज रुपमा सञ्चालन गर्न सबैले आ–आफ्नो ठाउँबाट उदारता देखाउनु सक्नुपर्ने कुरा भैल दम्पतिले बताए ।
संस्थाले, यसै कोरोनाको महाविपत्ती बाट सिर्जित समस्याहरुलाई व्यवस्थापन गर्न स्थानीय रुपमा खोलिएको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्नो कार्यक्षेत्र रहेको विभिन्न स्थानीय निकायहरुलाई आर्थिक सहयोग गरिरहेको छ । यस्तै विपत्तिका बेला संस्थाको क्षमता अनुसारको आर्थिक सहयोग गरी सामाजिक उत्तरदायित्व वहन गर्दै जाने नीति रहेको संस्थाले जनाएको छ ।