neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल टेलिकमको सर्भर ह्याक गरेको अभियोगमा एक जना पक्राउ

नेपाल टेलिकमको सर्भर ह्याक गरेको अभियोगमा एक जना पक्राउ

Jul 16th, 2020

काठमाडौं, साउन १

नेपाल टेलिकमको सर्भर ह्यारक गरेको अभियोगमा धनकुटापाख्रिबास नगरपालिका-५ घर भई हालधनकुटा नगरपालिका ४ बस्ने २८ वर्षीय दिवाकर देउजालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

नेपाल टेलिकमको मोबाईल एपको सर्भर सिस्टमभित्र गैरकानूनी रुपमा पहुँच स्थापना गरी नेपाल टेलिकमको प्याकेज प्रयोग तथा बिक्री गरेर आफूले आर्थिक लाभ लिई नेपाल टेलिकमको राजस्व तथा व्यावसायिक छविमा गम्भीर क्षति पुर्यापई कम्पनीलाई हानि नोक्सानी पुर्यामएको भन्ने नेपाल टेलिकमबाट प्राप्त पत्रअनुसार केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले देउजालाई धनकुटाबाट पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले २ थान ल्यापटप र २ थान मोबाइल बरामद गरेको छ ।

ह्याकरले अनट्रेसएवल ईन्टरनेट प्रविधिको प्रयोग गरी अनाधिकृत रुपमा नेपाल टेलिकमको सर्भर प्रणालीमा पटक-पटक पहुँच बनाएको देखिएपछि प्राप्त सबुत प्रमाण र डिजिटल ईन्टेलिजेन्सको माध्यमबाट उक्त कार्यमा संलग्न रहेका उनलाई पक्राउ गरिएको उक्त ब्यूरोले जनाएको छ । देउजा सहरी विकास तथा भवन कार्यालय, धनकुटामा कम्प्यूटर अपरेटर पदमा कार्यरत रहेको पनि अनुसन्धानको सिलसिलामा खुल्न आएको छ ।

उनलाई बिद्युतिय कारोवार ऐन, २०६३ वमोजिम आवश्यक कारबाही प्रकृया अगाडि बढाउनको लागि प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो, काठमाडा ैंपठाइएको ब्यूरोले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi