neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिकामा कोरोना परिक्षण गरिएकाहरुको पिसिआर रिर्पोट नेगेटिभ

महालक्ष्मी नगरपालिकामा कोरोना परिक्षण गरिएकाहरुको पिसिआर रिर्पोट नेगेटिभ

Jul 16th, 2020

काठमाडौ, साउन १

महालक्ष्मी नगरपालिकाका परिक्षण गरिएकाहरुको पिसिआर रिर्पोट नेगेटिभ देखिएको छ । नगर प्रमुुख रामेश्वर श्रेष्ठले प्रेस बिज्ञप्ती जारी गर्दे उक्त बताएका हुुन ।

उनले बिज्ञप्ती मार्फत भनेकाछन, आदरणिय दिदी बहिनी तथा दाजुभाइहरु,कोरोना भाइरस (कोभिड १९) बाट महालक्ष्मी नगरपालिकामा प्रभाव परेको तपाईंहरुलाई जानकारी नै छ ।नगरपालिकामा २३ जना संक्रमित भएपछि नगरपालिकाको प्रयासबाट गत शनिबार संक्रमितको नजिकमा रहेको आशंका गरिएका ७४ जना र समुदायका १ सय ३९ जना गरी दुुई सय १३ जनाको पीसीआर परीक्षण गरिएको थियो । परीक्षण गरिएका सबै जनाको नतिजा नेगेटिभ आएको खबर सुनाउन पाउँदा खुसी लागेको छ । यसबाट कोरोना संक्रमण समूदाय तहसम्म पुग्न सकेको छैन भन्ने पुष्टि भएको छ ।

विदेशबाट फर्केका, अन्य रोगको उपचारका लागि अस्पताल गएका, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र काठमाडौंबाट अन्य जिल्लामा प्रवेश परीक्षा दिन जान लागेका विद्यार्थीहरुलाई शंकाको आधारमा स्वास्थ्य परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । संक्रमितहरु निको भइरहेको र समूदायसम्म नपुगेकाले यसबाट आत्तिनुपर्ने अवस्था छैन । तर पनि उच्चस्तरको सजगता र सतर्कता अपनाउन नगरवासीलाई अपिल गर्दछु ।

कोरोना परीक्षणका लागि सहयोग गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंह, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डे, परीक्षणका लागि केन्द्रीय प्रयोगशालाबाट खटिएर आउनुभएका स्वास्थ्यकर्मी साथीहरु, नगरपालिकाका जनप्रतिनिधिहरु, नगरपालिकाका कर्मचारी एवं स्वास्थ्यकर्मीहरु, तथा स्थानीयबासी सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु, बिज्ञप्तीमा भनिएको छ ।

केही दिनभित्रै महालक्ष्मीलाई कोरोनामुक्त बनाउने अभियानका सहयोगी राजनीतिक दल, नेपाल प्रहरी, नागरिक समाज, सामाजिक संघसंस्था सबैमा धन्यवाद व्यक्त गरेको र आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको, नगर प्रमुुख श्रेष्ठले बताएकाछन ।

aadharbhumi
aadharbhumi
aadharbhumi