neapl investment mega bank
  • गृहपृष्ठ
  • राजश्व अनुसन्धानद्धारा तीन अर्ब ८२ करोडको बिगो सहित मुद्धा

राजश्व अनुसन्धानद्धारा तीन अर्ब ८२ करोडको बिगो सहित मुद्धा

Jul 15th, 2020

काठमाडौ, असार ३१

दुुई वटा कम्पनी बिरुद्ध तीन अर्ब ८२ करोड रुपैयाँ बिगो सहित राजश्व अनुसन्धान बिभागले मुुद्धा दायर गरेको छ । भन्सार, मुल्य अभिबृद्धि कर र आयकर राजस्व चुहावटको कसुरमा काठमाडौको सोह्खुट्टेमा रहेको हाईटेक इन्टरनेशनल प्राली र ललितपुरको सानेपामा रहेको जे.एस.एस.मोबाईल एण्ड सर्भिसेज कम्पनीका संचालक, प्रोप्राईटर तथा मुख्य अभियुक्तहरुबाट ३ अर्व ८२ करोड विगो असुल उपर गरी जरिवाना र कैद सजाय समेत हुन मागदावी लिई आज बुुधबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको बिभागले जनाएको छ ।

बिभागका अनुसार काठमाडौ महानगरपालिका वडा नं. ज्ञठ सोह्रखुट्टेमा संचालनमा रहेको स्थायी लेखा नम्वर ३०५०३७८९५ रहेको हाईटेक ईन्टरनेशनल प्रा.लि.का संचालक समेत २ जनालाई राजस्व चुहावट गरेको अभियोगमा दुुई अर्व ४२ करोड ९८ लाख विगो कायम गरी उक्त विगो असुल उपर गरी जरिवाना र कैद सजाय समेत हुन मागदावी लिई मुुद्धा दायर गरिएको हो । यसैगरी स्थायी लेखा नम्वर ३०४४९२ भएको जे.एस.एस. मोबाईल एण्ड सर्भिसेज प्रा.लि., स्थायी लेखा नम्वर ६०१०९५०१६ भएको श्याम इम्पेक्स र स्थायी लेखा नम्वर ६०१०९५०२९ भएको श्याम बाबा इन्टरप्राइजेजका संचालक र प्रोप्राईटर तथा मुख्य कारोबारी समेत चार जनालाई राजस्व चुहावट गरेको अभियोगमा एक अर्व ३९ करोड सात लाख विगो कायम गरी उक्त विगो असुल उपर गरी जरिवाना र कैद सजाय समेत हुन मागदावी उच्च अदालत पाटनमा मुुद्धा दायर गरिएको बिभागले जनाएको ।

aadharbhumi
aadharbhumi
aadharbhumi