neapl investment mega bank
  • गृहपृष्ठ
  • घरेलु लघुवित्तले दियो मृतक परिवारलाई क्षतिपुर्ती रकम

घरेलु लघुवित्तले दियो मृतक परिवारलाई क्षतिपुर्ती रकम

Jul 15th, 2020

काठमाडौ, असार ३१

घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय फेटा बाराबाट गठित केन्द्र नं. ०१ की सदस्य श्रीमती लालमुनि देवी र निजको श्रीमान जोगेन्द्र रावत विनको मृत्यु पस्चात उनका देवरानी श्रीमति भागो कुमारी देवीलाई र सोही केन्द्रकाअर्कोसदस्य श्रीमति भागो कुमारी देवीको श्रीमानको मृत्यु पश्चात दिइने काजक्रिया खर्च समेत एक कार्यक्रमका बीच बीमाको क्षतीपुर्ती रकम उपलब्ध गराएको छ ।

सदस्य श्रीमती लालमुनि देवीले संस्थाबाट रु ६०,००० कर्जा लिएकोमा निजको मृत्यु पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज रकम मिनाहा गरेको र कर्जा बीमा अन्तर्गत सदस्य तथा श्रीमानको मृत्यु पश्चात दिइनेरु १५ हजार बराबरको काजक्रिया खर्च र श्रीमति भागो कुमारी देवीको श्रीमानको मृत्यु पश्चात दिइने रु.५ हजारकाजक्रिया खर्च हस्तान्तरण गरीएको थियो । संस्थाले आफ्ना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र उनीहरुलाई आपतकालीन अवस्थामा टेवा पु¥याउने उद्देश्य अनुरुप बिभिन्न कार्यक्रम तथा सहयोग रमक हस्तान्तरण गर्दै आइरहेको छ । दुःखको समयमा संस्थाले सहयोग स्वरुप रकम हस्तान्त्रण गरेकोमा केन्द्रका सम्पुर्ण सदस्यहरुले संस्थालाई धन्यवाद दिएका थिए । उक्त कार्यक्रममा शाखाका तर्फबाट शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादव तथा कर्मचारी जितेन्द्र कुमार गुप्ताको उपस्थिति रहेको थियो ।