neapl investment mega bank
  • गृहपृष्ठ
  • काठमाडौंमा उपत्यकामा थप ७ जनामा कोरोना संक्रमण

काठमाडौंमा उपत्यकामा थप ७ जनामा कोरोना संक्रमण

Jul 15th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ३१ असार

बितेको २४ घण्टामा  काठमाडौंमा थप ७ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ७ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

त्यस्तै पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा पीसीआर विधिबाट ५ हजार ९० जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या २४ हजार ५२७ रहेको छ । त्यसैगरी आइसोलेशनमा रहेका व्यक्तिहरुको सङ्ख्या ६ हजार ११३ छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा महोत्तरी, रौतहट, कैलाली,पाल्पा र बाजुरा रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ६९७ जनाले कोरोना जितेका छन् । हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ११ हजार २५ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ। सङ्क्रमितहरु नहुने जिल्लामा भोजपुर ,मुस्ताङ , मनाङ र हुम्ला रहेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi