neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु ,मृतकको संख्या ३९ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु ,मृतकको संख्या ३९ पुग्यो

Jul 15th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ३१ असार

नेपालमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले रौतहटका एक पुरुषको मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा रौतहटको पर्रोहा नगरपालिका- ७ का ३६ वर्षीय पुरुष रहेका छन् ।

उनी असार २९ गते वीरगन्जस्थित नारायणी अस्पतालको आइसियूमा भर्ना भएका थिए। उनका दाजुको भारतमा कोरोनाका कारण मृत्यु भएको थियो । दाजुको अन्त्येष्टिमा सहभागी भएर फर्किएका परिवारका सदस्यलाई क्वारेन्टिनमा राखिएको थियो ।

बुधबार बिहान उनको स्वास्थ्य अवस्था बिग्रिएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए। उनमा असार ३० गते कोरोना भएको पुष्टि भएको थियो। नारायणी अस्पतालको आइसीयूमा उनको बुधबार निधन भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi