काठमाडौ, असार ३१
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा २०७७ श्रावण १ देखि लागु हुनेगरी विनोद आचार्य नियुक्त भएकाछन । विगतदुई दशक भन्दा बढी समयदेखि लघुवित्त क्षेत्रमा क्रियाशिल रहेका आचार्यले व्यवस्थापन विषयमा एमपिए तथा एमविए गरेकाछन । केहि महिना देखि उनले वित्तीय संस्थामा का.मु. प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
यस अघि नै उनले आरम्भ लघुवित्त वित्तीय संस्था लि. मा प्रमुख कार्यकारी अधिकृतको भुमिका निर्वाह गरिसकेकाछन । यसै गरी आरम्भ लघुवित्त भन्दा अघि उनले डिप्रोक्स तथा नाडेप लघुवित्त वित्तीय संस्थाहरुमा महाप्रवन्धकको जिम्मेवारी समेत निर्वाह गरेका थिए ।
सिभिल बैंक लिमिटेडको सहायक कम्पनीकोरुपमा रहेको संस्थाले हाल सम्म ४८ ओटा शाखाहरु मार्फत २७ ओटा जिल्लाहरुमा करिब ३३ हजार सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै एक अर्ब ३० करोड लगानी गरेकोे छ भने निकट भविष्यमा थप स्थानहरुमा समेत आफना सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको छ ।