neapl investment mega bank

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

Jul 14th, 2020

बाँके, असार ३०

कोहलपुर नगरपालिका ११ गोलपार्क बस्ने ४५ वर्षीय टोल प्रसाद हमालकोघरमा जुवातास खेलिरहेको अवस्थामा हमाल समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेको ठाउँबाट नगद २ लाख ५ हजार ४ सय ५० रुपैयाँ र १ गड्डी तास प्रहरीले बरामद गरेको छ ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi