neapl investment mega bank
  • गृहपृष्ठ
  • सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाइ

सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाइ

Jul 14th, 2020

काठमाडौं, असार ३०

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाइ एवम् शुभकामना दिएकाछन ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा मंगलबार भेटघाट गरी नेपालप्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नेपाल सरकारद्वारा नियुक्ति भएकोमा सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाइ दिएकाछन ।

भेटघाटका अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनाल रप्रहरी महानिरीक्षक थापा क्षेत्रीबीच दुबै संगठनबीचआपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफल समेत भएको थियो । उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सशस्त्र प्रहरी महानिरीक्षक खनाललाई मायाको चिनो स्वरूप ‘मोमेन्टो’ प्रदान गरे ।

भेटघाटका अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पाल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत दुवै संगठनका वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi