neapl investment mega bank
  • गृहपृष्ठ
  • औषधी उत्पादक संघद्धारा शान्तीपुर्ण धर्ना, सरकारले स्वदेशी उत्पादनलाई धरासायी बनाएको आरोप

औषधी उत्पादक संघद्धारा शान्तीपुर्ण धर्ना, सरकारले स्वदेशी उत्पादनलाई धरासायी बनाएको आरोप

Jul 14th, 2020

काठमाडौ, असार ३०

नेपाल औषधि उत्पादक संघले आज मंगलबार औषधि ब्यबस्था विभागमा बिहान ११.०० बजे देखि १ः३० बजे सम्म शान्तिपूर्ण धर्ना कार्यक्रम गरेको छ । मन्त्रिस्तरिय निर्णयले मिति २०७७ असार २२ गते स्यानेटाइजरको दर्ताको लागि थप तीन महिना समयावधि दिने निर्णयको बिरोध गरेका हुन ।

नेपाल औषधि उत्पादक संघको अनुसार दर्ता समय थपिनु भनेको बिना दर्ता र बिना गुणस्तर परिक्षण थप तीन महिना बजारमा स्यानेटाइजर बिकी गर्न दिनु जनताको स्वास्थ्य माथिको खेलवाड हो । यो वा त्यो बहानामा नेपालि उधोगहरुको प्रबर्दनमा विरुध्दमा गरिएका निर्णय तत्काल फिर्ता लिन हामी आग्रह गर्दछौ, संघले भनेको छ । नेपाल औषधि उत्पादक संघले माननीय स्वास्थ्य मन्त्री ज्युलाई भेटेरनै विभिन्न समयमा नेपाल सरकारले गरेका निर्णयको कार्यान्वयन गरिदिन १८ बुदे माग सहित पत्र बुझाइसकेको थियो । मन्त्री ज्यु बाट औषधि परामर्श परिषदको बैठक राखी तत्काल कार्वान्वयन गर्ने बचन दिएको र नेपाल औषधि उत्पादक संघले उक्त परिषदको बैठकको लागि आफ्ना मागहरु पनि बुझाइसकेको थियो । तर एक्कासि स्यानेटाइजर को दर्ता समय थपले हामि बाध्य भएर आन्दोलनमा आउनुपरेको हो। हाम्रो यो आन्दोलन भोलि पनि जारि रहने छ ,भोलि सम्म पनि हाम्रा मागको सुनुवाई नभए पर्सि बाट थप कडा आन्दोलनमा जाने छौ, बिज्ञप्तीमा भनिएको छ ।

स्यानेटाइजरमा नेपाली औषधी उधोग आत्मनिर्भर भईसकेको हुदा बिना दर्ता र गुणस्तर परिक्षण बिक्रि गर्न दिने निर्णय फिर्ता गराउन , २०७४/०२/१७ गते स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने एबं औषधीमा आत्मनिर्भर उन्मुख गराउने निति तर्जुमा गर्ने सम्बन्धमा औषधी ब्यबस्था बिभागका निर्देशकको संयोजकत्वमा अर्थ, उधोग, बाणिज्य, स्वास्थ्य तथा स्वतन्त्र अर्थबिद सहितको बिज्ञ समुहले दिएको प्रतिवेदनका आधारमा ३० वटा उत्पादनको कच्चापदार्थ मात्र आयात गर्ने निर्णय गरि मन्त्रालय बाट कार्यान्वयनको लागी कार्यतालिका सहित पठाइएको भएतापनि हाल सम्म कार्यान्वयन गरिएको छैन यसको तत्काल कार्यान्वयन गर्न, २०७४/०२/१९ गतेको मन्त्रिपरिषदको निर्णयले स्वीकृत प्रबिधिजन्य स्वास्थ्य सामाग्री तथा उपकरण सम्बन्धि निर्देशिका २०७४ बमोजिम औषधी ब्यबस्था बिभागले नियमन गर्नेगरि स्वीकृति गरिएको भएतापनि ती सामाग्रीहरुको उत्पादन र नियमनको कुनैपनि कार्यको थालनी हालसम्म पनि गरिएको छैन फलस्वरुप मास्क, निसंक्रमक , पिपिई,कस्मेटिक, खाध्य परिपुरक लगायत उत्पादन नेपालमै उत्पादन हुनसक्ने भएतापनि उत्पादन अनुमति र प्रोत्साहन गरिएको छैन ।

यसको तत्काल कार्यान्वयन गर्न, स्वदेशी औषधी उधोगले कुनैपनि नयाँ औषधीको उत्पादन गर्न चाहेमा उत्पादन अनुज्ञा दिनु पूर्व औषधी सल्लाहकार समिति बाट स्वीकृत लिनुपर्ने तर सोहि औषधी आयात गर्न बिशेष अनुमति र पछि सल्लाहकार समिति बाट अनुमोदन गराउने ब्यबस्था गरिएको छ फलस्वरुप स्वदेशी उधोगले कुनै नयाँ औषधी उत्पादनको अनुमति मात्र लिन पनि बर्षौं कुर्नुपर्ने तर आयात गर्दा तत्काल अनुमति पाइने भएकाले स्वदेशी उधोगलाई भन्दा आयातलाई प्रोत्साहन गरिएको छ । त्यसैले स्वदेशी उत्पादकलाई प्रोत्साहन गरि उधोगको बिकाश गरि देशलाई आत्मानिर्भर बनाउन , स्वदेशी औषधी उधोगको प्रमाणिकरणको लागी निरिक्षण पश्चात पनि महिनौं सम्म प्रमाणिकरण नगर्ने तर बिदेशी उधोगको हकमा हप्ता दिनमै दर्जनौ उधोगको निरिक्षण गरि प्रमाणिकरण गर्ने गरिएको हुँदा स्वदेशी उधोगहरु निरुत्साहित भएकाछन । त्यसैले स्वदेशी उत्पादकलाई प्रोत्साहन गरि उधोगको बिकाश गरि देशलाई आत्मानिर्भर बनाउन , हालै मिति २०७६÷११÷१९ गतेको राजपत्र मा प्रकाशित गरि स्वदेशी उधोगलाई मात्र भार पर्ने गरि कच्चापदार्थको आयात सिफारिसमा समेत दस्तुर लिने गरि असामान्य रुपमा १२ गुणा सम्म बृद्धि गरिएको हुँदा स्पष्ट रुपले आयातलाई प्रोत्साहन गरिएको देखिन्छ यस्ता नेपालि उधोगहरुलाई बिकाश गर्न र देशलाई आत्मानिर्भर हुनबाट रोक्न गरिएका सम्पुर्ण निर्णय सच्चाउनु पर्ने नै हाम्रो माग हो, बिज्ञप्तमिा भनिएको छ ।

बिदेशीले कठिन समयमा औषधी निकासी रोक्न सक्ने तर हाम्रो सरकारले आत्मनिर्भर भईसकेको औषधी आयात रोक्न किन नसक्ने ,नेपालि उधोगको बिकाश र राष्ट्रलाई आत्मानिर्भर बनाउन,कोरोना भाइरसको संक्रमणको यो बेला गुणस्तरिय उत्पादन मात्र बजारमा पाउनु पर्नेमा सरकारको यो निर्णय गलत भएको उत्पादक संघ को भनाइ छ । यो धर्ना कार्यक्रम सरकारको बिरोध स्वरुप नभइ सरकारलाई ध्यानाकर्षण स्वरुप गरिएको हो। हामि यो वा त्यो कुनै पनि बहानामा बिना दर्ता र गुणस्तर परिक्षण कुनै पनि स्वास्थ्य सामाग्री को बिक्रि बितरन रोक्नु पर्छ भन्नेमा छौ। जनताले प्रयोग गर्ने स्यानेटाइजर गुणस्तरिय हुनु पर्छ । हामि कुनै पनि हालतमा बिना दर्ता र गुणस्तर परिक्षण कुनै पनि स्वास्थ्य सामाग्री बिक्रीको बिरोधमा छौ । नेपालि उत्पादकहरू ले पुर्ण रुपमा गुणस्तरको सुनिस्चितता र दर्ता गरेर आफ्ना उत्पादन बजारमा बिक्रि गरिरहदा विदेशबाट आयात हुने कुनै पनि उत्पादन दर्ता नगरी बजारमा बिक्रि गर्न पाउने सरकारको यो निर्णयले नेपालि औषधि उधोगलाई धरासायी बनाउन कुनै शक्ति लागिपरेको र राष्ट्रिय उधोगहरुलाइ जोगाउन हामि लगातार धर्ना र बिरोध गरिरहने छौ। नेपालि उधोगीहरु धर्नामा बसेर बिरोधको कार्यक्रम गरेको इतिहासमा नै पहिलो हो। नेपाल औषधि उत्पादक संघको यस कार्यक्रमलाइ नेपाल आयुर्बेद उत्पादक संघ,निर्यात ब्यबसायी महासंघ ,कम्प्युटर एसोसियसन नेपाल,नेपाल जेम्स तथा ज्वलेरी एसोसियसन ले पनि एकेबध्दता जनाएको छ।हामिलाइ बिश्वास छ यो आत्मनिर्भारताको यस आन्दोलनमा नेपालका सम्पूर्ण उधोगीहरु एकै ठाउमा यसै आन्दोलनमा समाबेस हुनुहुनेछ किनकि यो सरकारको बिरोधको आन्दोलन नभई देशलाई आत्मानिर्भर बनाउने आन्दोलन हो , बिज्ञप्तीमा भनिएको छ ।