neapl investment mega bank

करेन्ट लागेर दुईको मृत्यु

Jul 14th, 2020

काठमाडौं, ३० असार

झापा, मेचीनगर नगरपालिका-९ बस्ने ६४ वर्षीय बद्री प्रसाद थपलियाको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ । आफ्नै खेतमा पानी मिलाउने क्रममा हात्ती धपाउनलाई थापेको पासो बिजुलीको नाङगो तारबाट अचानक करेन्ट लागेर उनको मृत्यु भएको हो ।

नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका-४ दिव्यनगर बस्ने ५२ वर्षीय कृष्ण बहादुर रानाको शौचालयमा गएको अवस्थामा तार सर्ट भई करेन्ट लागेर मृत्यु भएको छ । करेन्ट लागेर अशक्त भएका उनको सामुदायिक अस्पताल चिसापानीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi