neapl investment mega bank

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

Jul 14th, 2020

काठमाडौं, ३० असार

काठमाडौं, चन्द्रागिरी नगरपालिका-१ ईन्द्रथानस्थित सडकमा बा.६६ प ५८६६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सोमबार दिउँसो सडकबाट करिब १२ मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-१५ ढुङ्गेअड्डा बस्ने ३४ वर्षीय रुपेश खड्काको कलंकीस्थित मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय बिजय शाहीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कैलाली, घोडाघोडी नगरपालिका-२ स्थित सडकमा अनटेष्ट लेखिएको अटो र म.२ प ७९७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक दार्चुला घर भई कंचनपुर भिमदत्त नगरपालिका-९ बस्ने ४१ वर्षीय कुस्माकर जोशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका जोशीको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सुनसरी, ईटहरी उपमहानगरपालिका-५ पचरूखी चौकस्थित सडकमा को.२ त ६०३ नम्बरको ट्याक्टरको ठक्करबाट आइतबार साँझ गम्भीर घाइते भएका को.३४ प ९५६ नम्बरको मोटरसाइकल चालक मोरङ हातीमोडा बस्ने ३० वर्षीय सुसिलचन तबदारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट नर्सिङ होम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुबै सवारी साधन नियन्त्रणमा लिई फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi