neapl investment mega bank

वडाध्यक्ष पच्चीस हजार धरौटीमा रिहा

Jul 14th, 2020

कञ्चनपुर, ३० असार/रासस

महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथलाई सोमबार जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ । अदालतले आज वडाध्यक्ष्य नाथलाई रु २५ हजार धरौटीमा रिहा गरेको हो ।

अभद्र व्यवहार गरेका भन्दै ब्रम्देवकी एक महिलाले नाथविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणीको जाहेरी दर्ता गराएकी थिइन् । जाहेरी दर्तापछि अदालतको आदेशमा नाथलाई १० दिन थुनामा राखी अनुसन्धान गरिएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi