neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमै पहिलो पटक विद्युतीय बस शुरु गरेको सुन्दर यातायातले भोलिदेखि बस सञ्चालन गर्ने ,बढी भाडा नलिने

नेपालमै पहिलो पटक विद्युतीय बस शुरु गरेको सुन्दर यातायातले भोलिदेखि बस सञ्चालन गर्ने ,बढी भाडा नलिने

Jul 13th, 2020

काठमाडौँ, २९ असार /रासस

नेपालमै पहिलो पटक विद्युतीय बस शुरु गरेको सुन्दर यातायातले मङ्लबारदेखि काठमाडौँ उपत्यकामा आफ्ना सवारीसाधन सञ्चालन गर्ने भएको छ ।

प्रालिले कोभिड–१९ को सङ्क्रमण नेपालमा भित्र्नु पहिलेदेखि नै यात्रुको ज्वरो परीक्षण गराउँदै आएको थियो । सरकारले थप ५० प्रतिशत भाडा लिने निर्णय गरेकामा त्योसमेत नलिई बस सञ्चालन गर्न लागिएको प्रालिकी प्रशासन प्रमुख सरिता योगीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यात्रुको स्वास्थ्यलाई ध्यानमा राखी स्यानिटाइजर, मास्क उपलब्ध गराउने र एक पटक परिक्रमा गरेपछि डिसइन्फेक्सन गरिने प्रालिले जनाएको छ । चालक र सहचालकलाई पञ्जा, स्यानिटाइजर, पीपीई, बुट र मास्कको व्यवस्था गरी बस सेवा सञ्चालन गर्ने पनि योजना छ ।

गत बुधबार बसेको मन्त्रिपरिषद्को वैठकले बिहीबारदेखि काठमाडौँ उपत्यकामा उपत्यका भित्रै र अरू जिल्लामा जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णय गरेको थियो । उपत्यकामा आइतबारसम्म ट्याक्सी बाहेक अरू सवारीसाधन सञ्चालन भएको थिएन । सोमबार मयूर, उपत्यका यातायातलगायतका केही कम्पनीले बस सञ्चालन थालिसकेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi