neapl investment mega bank
  • गृहपृष्ठ
  • थप १४४ जनामा कोरोना संक्रमण पुष्टि , एकै पटक १७०५ जना डिस्चार्ज

थप १४४ जनामा कोरोना संक्रमण पुष्टि , एकै पटक १७०५ जना डिस्चार्ज

Jul 13th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २९ असार

नेपालमा थप १४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २५ वटा प्रयोगशालामा ५ हजार ८५६ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए। यो सँगै सङ्क्रमितको सङ्ख्या १६ हजार ९४५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा पीसीआर विधिबाट ३ हजार ९१६ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या २३ हजार ४७० रहेको छ । त्यसैगरी आइसोलेशनमा रहेका व्यक्तिहरुको सङ्ख्या ६ हजार ६१३ छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा महोत्तरी, रौतहट, पाल्पा, कैलाली र बाजुरा रहेका छन् ।

थप १७०५ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १७०५ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालाबाट १७०५ जना डिस्चार्ज भएको बताए ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १० हजार २९४ पुगेको छ ।हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ। सङ्क्रमितहरु नहुने जिल्लामा धनकुटा , भोजपुर ,मुस्ताङ , मनाङ र हुम्ला रहेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi