neapl investment mega bank
  • गृहपृष्ठ
  • जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

Jul 13th, 2020

काठमाडौं, असार २९

काठमाडौं महानगरपालिका ४ धुम्बाराही बस्ने बिष्णु राना मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई नगद ५० हजार ९ सय ७५ रुपैयाँ र ३ बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद तथा तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi