neapl investment mega bank
  • गृहपृष्ठ
  • अविरल वर्षाको कारण बाढी तथा डुवानमा परेकाहरुको एपीएफ टोलीद्वारा उद्वार (फोटो फिचर)

अविरल वर्षाको कारण बाढी तथा डुवानमा परेकाहरुको एपीएफ टोलीद्वारा उद्वार (फोटो फिचर)

Jul 13th, 2020

काठमाडौं, असार २९

अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी पहिरो तथा डुवानमा परेकाहरुको एपीएफ टोलीले उद्वार गरेको छ ।

मोरङ जिल्लाको ग्रामथान गाउँपालिका ६ कसेनी स्थित लोहोन्दर खोलामा पानीको वहाव बढ्न गई जमिन कटान गरेको कारण जोखिममा रहेका दुई घर परिवारलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश डग्राहबाट खटिएको एपीएफ टोलीले सुरक्षित स्थानमा सारेको छ ।

यसैगरी मोरङ जिल्लाको बिराटनगर महानगरपालिका ६ स्थित मुसरबस्ती नजिकै रहेको केशनीया खोलामा पानीको वहाव बढ्न गई डुवानमा परेका करीव ३० घर परिवारका दुई सय जनालाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बख्रीबाट खटिएको एपीएफ टोली र स्थानीय वासिन्दाले सुरक्षित स्थानमा सारेको छ ।

यसैगरी सुनसरी जिल्लाको धरान उपमहानगरपालिका ५ सुन्दरबस्ती स्थित सेउती खोलामा अविरल वर्षाको कारण पानीको वहाव बढ्न गई करीव चार सय घर जोखिममा रहेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा पोष्ट धरानबाट त्यस ठाउँमा एपीएफ टोली खटिएको छ । एपीएफ टोली र स्थानीय वासिन्दाको सकृयतामा त्यस ठाउँमा तारजाली हालेर तटबन्ध बाध्ने कार्य भईरहेको छ ।

यसैगरी मोरङ जिल्लाको उर्लावारी नगरपालिका ३ सिमलडाडा स्थित सोल्टी खोलामा पानीको वहाव बढ्न गई जोखिममा परेको एक घर परिवारलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश उर्लावारीबाट खटिएको एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले सुरक्षित स्थानमा सारेका छन् । यसैगरी चितवन जिल्लाको भरतपुर महानगरपालिका २८ मेघौलीमा नारायणी नदिले जमिन कटान गरी सो नदि बस्तीमा पस्ने संभावना देखिएपछि उक्त स्थानमा बाध बाध्नको लागि नेपाली सेना, एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दा सकृयताकासाथ जुटेका छन् ।

यसैगरी मोरङ जिल्लाको सुनवर्षी नगरपालिका ६ केराजा स्थित बक्राह खोलामा अविरल वर्षाको कारण आएको वाढि बस्तीमा पसेर डुवान हुनसक्ने भएको हुँदा उक्त स्थानमा नेपाली सेना, एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाबाट बाध बाध्ने कार्य भईरहेको छ ।

हेर्नुस् तस्वीरहरु :

aadharbhumi
aadharbhumi
aadharbhumi