neapl investment mega bank
  • गृहपृष्ठ
  • चीनको हेबेमा ५.१ म्याग्नीच्यूडको भूकम्प

चीनको हेबेमा ५.१ म्याग्नीच्यूडको भूकम्प

Jul 13th, 2020

हेबे, २९ असार /एएनआई

चीनको हेबे प्रान्तको गुये जिल्लामा आइतबार ५।१ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

चिनियाँ भूकम्प मापन केन्द्रका अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटरको गहिराईमा गएको थियो । भूकम्पबाट जनधनको क्षति नभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।