neapl investment mega bank
  • गृहपृष्ठ
  • काठमाडौंमा उपत्यकामा थपिए ६ सङ्क्रमित

काठमाडौंमा उपत्यकामा थपिए ६ सङ्क्रमित

Jul 12th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २८ असार

काठमाडौंमा थप ६ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ६ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंका ५ जना र ललितपुरका १ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा पीसीआर विधिबाट ३ हजार ९१६ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या २३ हजार ७८४ रहेको छ । त्यसैगरी आइसोलेशनमा रहेका व्यक्तिहरुको सङ्ख्या ८ हजार १७४ छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा महोत्तरी, रौतहट, पाल्पा, कैलाली र बाजुरा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १४७ संक्रमण निको भएर डिस्चार्ज भएका छन् भने योसँगै डिस्चार्ज हुनेको कूल संख्या ८ हजार ५८९ रहेको छ । सङ्क्रमितहरु नहुने जिल्लामा धनकुटा , भोजपुर ,मुस्ताङ , मनाङ र हुम्ला रहेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi