neapl investment mega bank
  • गृहपृष्ठ
  • नबिल बैंकद्धारा ‘नबिल डिजी बैंक’ को सुरुवात

नबिल बैंकद्धारा ‘नबिल डिजी बैंक’ को सुरुवात

Jul 12th, 2020

काठमाडौ, असार २८

नबिल बैंक लिमिटेडले ‘नबिल डिजी बैंक’ को सुरुवात गरेको छ । बैंकले आफ्नो ३६ औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा नबिल डिजि बैंकको सुभारम्भ गरेको हो । वर्तमान डिजिटल प्रविधिको माग र ग्राहकलाई डिजिटल प्रविधिमा संलग्न गराउने उद्धेश्यका साथ नबिल डिजिटल बैंक योजना सुभारम्भ गरेको बैंकले जानकारी दिएको छ ।

बैंकले आफुलाई पुर्ण रुपमा डिजिटल रुपमा सञ्चालन गर्न र ग्राहकमा डिजिटल माध्यमबाट नै वित्तीय साक्षरता बढाउने उद्धेश्यका साथ सो योजना सुभारम्भ गरेको बताएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले आइतबार वेबिनार कार्यक्रम मार्फत उक्त सेवाको सुभारम्भ गरेका हुन् । उनले बजारको मागलाई मध्येनजर गर्दै नबिल बैंकले नबिल डिजी बैंकको योजना ल्याएको जानकारी दिएकाछन ।

प्रमुुख कार्यकारी शाहका अनुसार ‘डीजी बैंकिङ बैंकभित्रको अर्को बैंक हुने छु, बैंकिङको भविश्य डिजिटल होइन बर्तमान हो त्यसलाई आधार मानेर नबिल अगाडि बढिरहेको छ । ‘बैंकले १२ बर्षअघि नै अनलाइनबाट खाता खोल्ने सेवा सुरु गरेपनि त्यसलाई निरन्तरता र धेरै प्राथमिकता थिएन, अब भने हाम्रो सबै ध्यान डिजिी बैंकमा जानेछ, प्रमुुख कार्यकारी शाहले भने । बैंकको पहुँचमा नभएका तथा बैंकभन्दा टाढा रहेका ग्राहलाई मध्येनजर गर्दै र बैंकको लागत घटाएर त्यसको फाइदा ग्राहकलाई दिने मुख्य उद्धेश्यले डिजी बैंकको सुरुवात गरेको डिजि बैंकका प्रमुख विनय रेग्मीले जानकारी दिएकाछन ।

ग्राहकले बैंकमा गर्ने हरेक कारोबार र सेवाहरु डिजिटल माध्यमाटै गर्ने उद्धेश्यले डिजी बैंकको सुरुवात गरेको र संसारमा बैंकिङ सम्बन्धी पाइने प्रविधि ल्याएर सो सेवाहरु ग्राहकलाई दिने बैंकको योजना उनले बताए । रेग्मीले ग्राहकले पाउने डेबिट क्रेडिट कार्ड पनि डिजिटलको माध्यमबाटै पाउने बताए । उनले ग्राहकमा डिजिटल सम्बन्धि सचेतना दिने खालका कार्यक्रम पनि गर्दै जाने योजना समेत जानकारी दिएकाछन ।

नयाँ पुस्तालाई डिजि बैंकका संलग्न गराउने उद्धेश्यले डिजी बैंकको सुभारम्भ गरेको उनले बताए । बैंकिङले डीजी बैंकिङलाई अगाडि बढाउन हुवावे कम्पनीसँग रणनीतिक साझेदारी गरिसकेको छ । डीजी बैंकिङलाई अगाडि बढाउन संस्थाको संरचना नै परिवर्तन गरिसकेको छ। डीजी बैंकिको प्रमुखमा बिनयकुमार रेग्मी छन्। उनी मातहत बैंकले ७२ कर्मचारी छुट्याएको छ । यसमा अब कार्ड मात्र होइन, अनलाइन बैंकिङ, कल सेन्टर सबै अटाउने बैंकका प्रमुुख कार्यकारी अधिकृत शाहले बताए । अहिले पनि डिजिटल माध्यमबाट ग्राहकको काम भइरहेको भएपनि अब द्रुत र उच्च प्राथमिकताका साथ डिजी बैंकमार्फत काम हुने बिश्वास बैंकले लिएको छ ।