neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु ,मृतकको संख्या ३८ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु ,मृतकको संख्या ३८ पुग्यो

Jul 11th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २७ असार

नेपालमा कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका दुई पुरुष र सिन्धुपाल्तचाकको एक पुरुषको मृत्यु भएको जानकारी दिए ।

गौतमका अनुसार दुई जनाको ललितपुरस्थित पाटन अस्पताल र एक जनाको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा मृत्यु भएको हो। 

मृत्यु हुनेमा काठमाडौं महानरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर-४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्तचाके पाँचपोखरी गाउँपालिका–६ का ४५ वर्षीय पुरुष रहेका छन् ।

शङ्खमूलका सङ्क्रमित फोक्सोमा पानी जमेको तथा मिर्गौला रोगका कारण यही असार १६ गते पाटन अस्पतालमा भर्ना भई उपचाररत थिए । उहाँमा असार १७ गते कोरोना ‘पोजेटिभ’ देखिएको थियो । उहाँको यही असार २६ गते मृत्यु भएको हो ।

यस्तै गोकर्णेश्वर–४ का पुरुष मिर्गौला रोगका उपचारका लागि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा भर्ना भएका थिएन । उहाँको यही असार २५ गते मृत्यु भएको हो ।

यसैगरी सिन्धुपाल्चोकको पाँचपोखरी–६ का सङ्क्रमित क्षयरोगको उपचारका लागि यही असार १८ गते पाटन अस्पतालमा भर्ना भएका थिए । उहाँमा यही असार २२ गते कोरोना ‘पोजेटिभ’ देखिएको थियो । उहाँको यही असार २५ गते मृत्यु भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा पीसीआर विधिबाट ३ हजार ६४८जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या २४ हजार ९७ रहेको छ । त्यसैगरी आइसोलेशनमा रहेका व्यक्तिहरुको सङ्ख्या ८ हजार २४९ छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा रहेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi