neapl investment mega bank
  • गृहपृष्ठ
  • भारतीय सञ्चार माध्यमले असत्य, भ्रामक सामग्री प्रसारण गरेकोमा महासंघको ध्यानाकर्षण

भारतीय सञ्चार माध्यमले असत्य, भ्रामक सामग्री प्रसारण गरेकोमा महासंघको ध्यानाकर्षण

Jul 9th, 2020

काठमाडौ, असार २५

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागी चिनियाँ राजदुत होउ यान्छी विरुद्ध लिएर भारतीय सञ्चारमाध्यम जी न्यूजले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

भारतीय सञ्चार माध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक छ । भारतीय सञ्चार माध्यमले गरेको यो प्रचार पीत पत्रकारिताको नमुना हुनुका साथै प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको महासंघको ठहर छ । महासंघ भारतीय सञ्चार माध्यमको अनर्गल र बकवासपूर्ण प्रचार÷प्रसारको कडा शब्दमा भत्र्सना समेत गरेको छ । साथै, महासंघ प्रधानमन्त्री विरुद्ध भारतीय सञ्चार माध्यमबाट संप्रेषण भएका झूठा र आक्षेपपूर्ण समाचारको सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिन कडा कदम चाल्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi