neapl investment mega bank
  • गृहपृष्ठ
  • सिन्धुपाल्चोक बाढीः सभामुख सापकोटा सहितको टोली चढेको हेलिकप्टर धुलिखेलबाटै फर्कियो

सिन्धुपाल्चोक बाढीः सभामुख सापकोटा सहितको टोली चढेको हेलिकप्टर धुलिखेलबाटै फर्कियो

Jul 9th, 2020

काठमाडौँ, २५ असार /रासस

सभामुख अग्निप्रसाद सापकोटा सहितको टोली खराब मौसमका कारण काभ्रेपलाञ्चोकको धुलिखेलबाटै काठमाडौँ फर्किएको छ । सिन्धुपाल्चोक जिल्लामा बाढीले पु¥याएको क्षतिको अवलोकन एवं जानकारी लिन आज बिहान उहाँ सहितको टोली त्यसतर्फ हेलिकप्टरमा जाँदै थियो ।

मौसम प्रतिकुलताका कारण नेपाली सेनाको हेलिकप्टर बाह्रबीसे जान नसकेपछि धुलिखेलको आकाशबाटै फर्किएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । मौसम अनुकूल भएपछि टोली बाढी प्रभावित क्षेत्र प्रस्थान गर्ने छ । सभामुख सापकोटाको बुधबार मात्रै आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो ।

यसैबीच नेपाली सेनाको उद्धार टोलीसमेत बाढी प्रभावित क्षेत्रमा गएको सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ । अविरल वर्षासँगै गएको पहिरो तथा बाढीबाट बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi