आधारभूमि संवाददाता
काठमाडौं, असार २४
विश्वव्यापी महामारी कोभिड–१९ले अन्य क्षेत्रमा जस्तै व्यापार क्षेत्रमा पनि ठूलो असर पारेको छ। सानोतिनो व्यवयपार व्यवसाय गरेर गुजारा चलाउने साना व्यापारीलाई यसले अपुरणिय क्षति पुरयाएको छ ।
लकडाउन खुल्ला र पहिले जस्तो व्यापार गरौला भनेर बसेका साना व्यापारीलाई लम्बिदै गएको लकडाउन निकै पट्यारलाग्दो बन्दै गएको छ ।
कलंकीमा फेन्सी पसल सञ्चालन गर्दै आएका राजु अधिकारीले भने ( कोरोनाको कारण नराम्ररी फसियो, अव न त यो व्यापार छोडेर अर्को खाले व्यापार चलाउने अवस्था छ न त रोजगार अरु अवसर पाइन्छन् , उनी सुस्केरा हाल्छन् अव त दैनिक खर्च टार्न नि मुस्कील भैसक्यो कहिलेसम्म यस्तो हुने हो अत्यास लागिसक्यो ।
सरकारले लकडाउनको मोडल परिवर्तन गरी सुरक्षित पूर्वक आवतजावत गर्ने व्यवस्था मिलाइदिएमाा ग्राहक आउन थाल्ने र विस्तारै व्यापार बढ्दै जाला कि भन्ने उनको आशा छ ।
अव त पसलनै धाँडो हुन थालेको छ ९ उनले गुनासो पोखे घरवेटिले भाडामा केही छुट दिए र सरकारले साना व्यापारीलाई उत्पे्ररित गर्न कर्जामा सुविधा दिए केही हुन्थ्यो की ।
बजार चलाएमान नभएपछि साना व्यापारीहरु ग्राहक कुरेर बस्नुपर्ने अवस्थामा छन् । व्यापार नभएपछि ति व्यापारीका आर्थिक संकट गहिरिदै छन् । स्थिति समान्य नहुँदा सम्म व्यापार पनि हुदैन । व्यापारकै भरमा गुजारा गर्नेहरु गरिवीमा धकेलिंदैछन् ।
कोरोना भाइरसको महामारी रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारण यतिवेला लाखौं व्यापारी मर्कामा परेका छन् । सरकारले कोरोना महामारी नियन्त्रणको लागि गत चैत ११ गतेदेखि गरेको लकाडाउन अझै साउन ७ गतेसम्म लम्विएको छ ।
असार १ देखि केही खुकुलो भएपनि सार्वजानिक आतायात चलेका छैनन् जसको कारण बजार सुनसान जस्तै छ ।
पसल खोलिए, ग्राहक आएनन्
सितापइलामा जुताको व्यापार गर्ने सरिता लामाले असार १ गतेदेखि बिहान बेलुकी पसल खोल्न थालिन् । तर उनले सोचेजस्तो व्यापार गर्न पाएकी छैनन् । पसल खोलेपनि व्यापार नभएपछि ग्राहक कुररै बस्नु उनको दैनिकी बनेको छ । जसका कारण पसलको र डेराको भाडा तिर्न सकस बन्दै छ । भन्छिन् लकडाउन खुलला र व्यापार होला भनेको के को व्यापार हुनु कोह िपनि आउँदैन पसल कुर्दैमा ठिक्क छ । विहान बेलुकी छाक टार्ने र एक छोरोको स्कूल फि तिर्ने चिन्ताले सताएको उनको गुनासो छ ।
लकडाउनले व्यापार चौपट भएको भन्दै जेठको तेस्रो साता न्यूरोडका व्यापारीले लकडाउन अवज्ञा गर्दै पसल खोलेका थिए । व्यापारीले मर्कामा परेको गुनासो गरिरहेपछि राष्ट्रिय व्यवसायी महासंघ सरकारलाई दबाब दिएको थियो ।
सरकारले पनि असार १ गतेदेखि लकडाउन केही खुकुलो पारेको छ । व्यपारीलाई विहान वेलुका पसल खोल्न अनुमती दिएको छ । तर, सार्वजानिक यातायात नखुलेका कारण बजारमा चहलपहल छैन ।
सर्वसाधारणको आवतजावत नभएपछि व्यापार पछि छैन । सार्वजनिक यातायात सञ्चालनमा नआउँदा न त मानिसको ‘मुभमेन्ट’ हुन्छ न त व्यापार ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेस कटुवालका भनाईमा व्यापारीहरुका समस्यामा सरकार बैंक तथा घरवेटीले पनि ध्यान दिनुपर्छ । उनी घरबेटीहरूलाई विद्युत् छुट दिने, कर छुट दिने जस्ता राहत दिए व्यापारीहरूलाई पनि सहज हुने वताउँछन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघले व्यापारीहरूका लागि आवश्यक पर्ने पुनःकर्जा कोष स्थापना गर्न अनुरोध गरेको छ। उक्त कोषले लगानी गर्ने भएका कारण व्यापारीहरू पुरानै अवस्थामा फर्कन सहयोग पुग्ने उनको तर्क छ ।
व्यापारी तंग्रीने कसरी ?
अर्थतन्त्रलाई उकास्ने र व्यापारलाई चलाएमान बनाउने विभिन्न व्यवस्था नगरेसम्म चरम आर्थिक संकटले थलिएका साना व्यापारी तंग्रीने अवस्था आउदैन । सुनसान बजार र शिथिल व्यापारलाई पुनः पहिलेकै अवस्थामा फर्काउन साना व्यापारी तथा व्यवसायीलाई अनुदान तथ पुर्नकर्जाका कार्यक्रम ल्याउनु जरुरी छ ।
त्यसको लागि सरकार, राष्ट्रबेंक तथा ठूला उद्यमीले सहयोग गर्नुपर्छ । अहिले साना व्यवासायीको लागि पुर्नकर्जाको व्यवस्था गरिएको छ तर त्यसको पहुँच ठूला खालका ऋणिहरुमा मात्र पुगेको देखिएको छ ।
राष्ट्रबैंले यसमा सुधार ल्याउन र पुर्नकर्जा सानोभन्दा सानो ग्राहकले पनि पाउने बनाउनेतिर ध्यान दिनुपर्छ । हुन त अहिले नेपाल राष्ट्र बैंकले २ प्रतिशतमा पुर्नकर्जा दिने र अन्य बैंकले पाँच प्रतिशतमा दिनुपर्ने व्यवस्था ल्याएको छ । पहिले राष्ट्र बँंले ३ प्रतिशन र अन्य बैंकले ५ प्रतिशत ब्याजमा पुर्नकर्जा दिने व्यवस्था थियो ।
अव पहिले भन्दा धेरैलाई पुर्नकर्जामा पहुँच दिने व्यवस्था ल्याउने पनि राष्ट्रबैंकले वताएको छ । यसमा पहुँच बढेपछि ठूला ग्राहकलाई मात्र नभएर साना ग्राहकहरु, साना तथा मझौला खालका ऋणिहरुले सुविधा पाउनेछन् ।