neapl investment mega bank
  • गृहपृष्ठ
  • काठमाडौं उपत्यकामा थप २८ जना कोरोना सङ्क्रमित थपिए

काठमाडौं उपत्यकामा थप २८ जना कोरोना सङ्क्रमित थपिए

Jul 7th, 2020

आधारभूमि संवाददाता
काठमाडौ, असार २३

काठमाडौंमा थप २८ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा २८ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंका १४ जना, भक्तपुरका ‍४ जना र ललितपुरका १० जना रहेको प्रवक्ता गौतमले जानकारी दिए ।यस अघि सोमबार एकै पटक ५४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा पीसीआर विधिबाट ६ हजार १३३ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या २५ हजार ७२७ रहेको छ । त्यसैगरी आइसोलेशनमा रहेका व्यक्तिहरुको सङ्ख्या ८ हजार ६३४ छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा रहेका छन् ।हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ।