neapl investment mega bank
  • गृहपृष्ठ
  • धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

Jul 7th, 2020

काठमाडौं, २३ असार

धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा काठमाडौं महानगरपालिका-२१ जैसिदेवलबाट काभ्रे खोपासी घर बताउने ३५ वर्षीय सानु तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जैसिदेवल बस्ने मकवानपुरका ३२ वर्षीय पुरुषसँग एकआपसमा वादविवाद तथा झै-झगडा हुँदा सानुले उनलाई धारिलो हतियार प्रहार गरेका हुन् । घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।