काठमाडौ, असार २२
सरकारले कोरोना भाईरस (कोभिड १९) का कारण बिदेशमा अलपत्र परेकाहरु मध्ये आज सोमबार झण्डै नौ सय जनाको उद्धार गरेको छ । सिसिएमसीका अनुसार सोमबार बहराईन कुुवेत, साउदी अरब लगायतका मुुलुकबाट उक्त संख्यामा उद्धार गरिएको हो ।
कोभिड १९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनै पर्ने नेपाली नागरिकहरुलाई सुरक्षितसाथ स्वदेश ल्याउने सिलसिलामा उक्त संख्यामा स्देश फिर्ता गरिएको हो, सिसिएमसीले भनेको छ । उनीहरुलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिङ सेन्टरहरुमा लगिएको छ । त्यहाँ उनीहरुको व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रकृया पूरा गरी सम्बन्धित प्रदेशहरुको समन्वयमा क्वारेन्टाईनहरुमा पठाउने तयारी भई रहेको छ । सिसिएमसीका अनुसार यही असार २१ गतेसम्म बिदेशमा अलपत्र १९ हजार एक सय ५३ जनाको उद्धार गरिएको छ ।