neapl investment mega bank
  • गृहपृष्ठ
  • बाह्य हस्तक्षेप विना नेपाली परिवेश अनुकुल मौलिक प्रजातन्त्रको निर्माण गरौं: कमल थापा

बाह्य हस्तक्षेप विना नेपाली परिवेश अनुकुल मौलिक प्रजातन्त्रको निर्माण गरौं: कमल थापा

Jul 6th, 2020

काठमाडौ, असार २२

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले बाह्य हस्तक्षेप विना नेपाली परिवेश अनुकुल मौलिक प्रजातन्त्रको निर्माण गर्नुपर्ने बताएकाछन ।

उनले ट्वीट गर्दे भनेकाछन, प्रम ओली भन्नुहुन्छ, सरकार गिराउन भारतीय राजदुत सक्रिय भए । अर्कोतर्फ चिनिया राजदुत सरकार बचाउन नेताहरुको घर पुग्छिन । के यस्तै रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ ? राष्ट्रियता जोगाउन सक्छ ? स्वाभिमान र निर्णायकत्व गुमाएको व्यवस्थाले देश बचाउन र बनाउन सक्दैन ।

यो अवस्थामा पुर्वाग्रहबाट माथी उठौं, राप्रपा अधयक्ष थापाले भनेकाछन । विगतमा सबैबाट गल्ति भएका छन् । गल्तिबाट पाठ सिकौं, आत्मालोचना गरौं । बाह्य हस्तक्षेप विना राष्ट्रियता र प्रजातन्त्र बलियो हुने नेपाली परिवेश अनुकुल मौलिक प्रजातन्त्रको निर्माण गरौं । कसैले जित्ने, कसैले हार्ने होईन सबै नेपालीले जित्ने व्यवस्था स्थापित गरौं, राप्रपा अध्यक्ष थापाले भनेकाछन ।