neapl investment mega bank

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Jul 6th, 2020

काठमाडौं, असार २२

गुल्मी, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सत्यवती गाउँपालिका-४ लिम्घा बस्ने २७ वर्षीय भिम बहादुर बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जोहाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ओखलढुङगा, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चम्पादेवी गाउँपालिका-४ सौरेनी बस्ने बीर बहादुर दमाईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । दमाईले ती बालिकालाई प्रलोभन देखाई आफ्नै घरको कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi