neapl investment mega bank
  • गृहपृष्ठ
  • सुनचाँदी पसलबाट मंगलशुत्र लुटपटा गरेको अभियोगमा पक्राउ

सुनचाँदी पसलबाट मंगलशुत्र लुटपटा गरेको अभियोगमा पक्राउ

Jul 6th, 2020

बर्दिया, असार २२

गुलरिया नगरपालिका ६ स्थित आफताब सुनचाँदी पसलबाट करिब २ लाख ७६ हजार ४ सय ४५ रुपैयाँ बराबरको मंगलशुत्र १८ पिस लुटपाट गरेको अभियोगमा सोही नगरपालिका-५ बस्ने २२ वर्षीय रबिन चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले उक्त पसलमा आई २ लाख बराबरको सुनका गरगहना खरिद गर्छु भनी देखाउन लगाई पसल संचालक आफताब जसगढलाई खुर्सानीको धुलो आँखामा छर्की टेबलमा राखेको उक्त मंगलशुत्र लिई भागेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले चौधरीलाई भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनको साथबाट मंगलशुत्र १८ पिस, खुर्सानीको धुलो, मोबाइल १ थान र पैसा जस्तो बनाई सेतो प्लाष्टिकमा बेरिराखेको ३ सय १८ पिसको कागजको गड्डी १ थान समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi